मुख्यमन्त्री गुरुङको पहिलो विदेश भ्रमण:असोज ९ गते चीन जाने

Share:

पोखरा, ५ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पहिलो विदेश भ्रमणका क्रममा चीन जाने तयारीमा छन् । मुख्यमन्त्री गुरुङसँगै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारि शर्मा, प्रमुख सचिव लक्ष्मीराम पौडेल र मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेसमेत सहभागी हुँदैछन् ।

चीनको हाईनान प्रान्तका सरकार प्रमुखको निमन्त्रणमा मुख्यमन्त्री चीन जान लागेका हुन् । उनी त्यहाँ असोज ९ देखि १५ गतेसम्म बस्नेछन् । उक्त प्रान्तको विशेष दिवसमा मुख्यमन्त्रीलाई निमन्त्रणा आएको थियो । गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार मुख्यमन्त्रीको चीन भ्रमणलाई नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।

भ्रमणमा प्राविधिक विद्यालय स्थापनाबारे छलफल हुने बताइएको छ । गण्डकी प्रदेशको पर्यटन पर्यटन, कृषि र शिक्षा लगायत विषय मुख्यमन्त्रीको भ्रमणको उद्देश्य रहेको मन्त्री बस्नेत बताउँछन् । हाइनान प्रान्तसँग गण्डकीको मितेरी साइनो गाँस्ने योजनासमेत छ । नियाँहरुले मुख्यमन्त्रीको यसै भ्रमणका बेला साइनो गाँसिहाल्ने प्रस्ताव गरे पनि तयारी पूर्वक सम्बन्ध गाँस्ने गण्डकीको योजना छ ।

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: