हेम्जामा मोटरसाइकलले ठक्कर दिँदा एक जना घाइते

Share:

०५ असोज,पोखरा । पोखरा महानगरपालिका-२५ हेम्जामा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा एक जना घाइते भएकी छन् ।
हेमजा स्थित साझा पेट्रोल पम्प नजिकै ग ६ प ४८१० नं.को मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिएको हो ।

मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ३५ बर्षीय मनीषा अधिकारी घाईते भएकी छन् । घाईते अधिकारीको फिस्टेल अस्पतालमा उपचार भईरहेको छ । घटना पश्चात चालक र मोटरसाईकललाई नियन्त्रणमा लिइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: