बेगनासताल सफाई गर्दा गर्दै मेसिन पल्टियो, दर्जनको ज्यान जोगियो (भिडियो)

Share:

पोखरा । गत भदौ २३ गते मात्रै बेगनासतालमा डुंगा पल्टेर तिजे पाहुना सहित ८ जनाको ज्यान गयो । दुई हप्ता नपुग्दै अर्को दुर्घटना भयो तर भाग्यवश सबैको ज्यान जोगिएको छ । आज पूर्वान्ह जलकुम्भी पन्छाउने मेसिन पल्टिँदा त्यसमा सवार झण्डै दर्जन जतिको ज्यान जोगिन सफल भएको हो ।

पोखरा महानगर नं.  ३१ का अध्यक्ष कमल वहादुर थापा, वडा सदस्य विष्णु वहादुुर भूजेल, बेगनास युवा क्लवका अध्यक्ष राम वहादुर रानाभाट, पत्रकार नवराज सुवेदी, वडा नं. ३१ का इन्जिनियर, मेसिन चालक लगायत तालमा डुबेका थिए । बेगनास क्लब अध्यक्ष रानाभाटको घुँडामा चोट लागेको छ । पत्रकार सापकोटाको निधार र हातमा सामान्य चोट लागेको छ ।

सवैको अवस्था सामान्य रहेको घाइतेहरुले जनाएका छन् । सरसफाइमा जुटेका पत्रकार नवराज सापकोटाले लेखेका छन् ‘तालमा डुवियो, निकै संघर्ष पछि बच्न सफल भईयो ।’

बेगनासताल वृहत सफाईको २९ औं हप्ता चल्दै थियो । जलकुम्भी झार फेवाताल मात्र होईन, बेगनास तालको रोग पनि भएको छ । बिहानैदेखि बेगनास, लेखनाथ क्षेत्रका सामाजिक व्यक्तित्वहरु तालको सफाईमा जुटे । सामूहिक रुपमा पन्छाउँदै थिए । पोखरा महनागरको ताल सफा गर्ने मेसिन पनि प्रयोगमा ल्याइयो । जलकुम्भीको ठूलो झाडी नै भएको स्थानमा मेसिनले जलकुम्भी पन्छाउन लाग्यो । एक्कासी मेसिन दायाँ तर्फ कोल्टियो । दर्जनजति व्यक्ति तालमा खसे ।

तालको बीच भागतिर भएको भए यतिका व्यक्ति जोगिन सक्थे ? यदि मेसिनले नै च्यापेको भए ? तालमुनि झाडीमा फस्न पुगेका भए ? धन्न यस्तो केहि भएन र ज्यान जोगियो । कसरी पल्टियो मेसिन ? झाडीमा मेसिन अल्झेको हुन सक्छ । दर्जन जति व्यक्ति मेसिनमाथि देखिन्छन् । ओभरलोड वा डिस्ब्यालेन्स ? यसतर्फ ध्यान दिएको देखिन्न ।

भदौ २३ गते डुंगा डुबिसकेपछि पनि डुंगा शयर गर्दा लाइफ ज्याकेट खै ? भन्दै सामाजिक सञ्जालमा प्रश्नहरु आइरहेको छ । तालमा सावधानी अपनाउनुपर्ने खाँचो देखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: