
पोखरा । नक्कली ब्रिटिस लाहुरे बनेर यूवतीलाई यौन शोषण गर्ने सुर्खेतका एक यूवा पोखरामा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सुर्खेत भेरिगंगा नगरपालिका–१३ का ३२ वर्षिय बिर्खबहादुर थापालाई चोरी र करणी गरेको आरोपमा पक्राउ गरेको हो । थापालाई कास्की प्रहरीले पृथ्वीचोकबाट पक्राउ गरेको हो ।
गत जेठ २९ गते पृथ्वीचोकको एक होटलमा भेट्न बोलाई यौन शोषण गरी नगद र सुन चोरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए ।
थापा विरुद्ध यूवतीले शौचालय भित्र थुनेर साँढे तीनलाख रुपैँया पैसा र चार तोला सुन चोरेको उजुरी प्रहरीकहाँ दिएकी थिईन् । फरार रहेका थापालाई उनै पीडित युवतीको सूचनाको आधारमा पक्राउ गरेको हो । प्रहरी अनुसन्धान पछि थापाले अन्य यूवतीहरुलाई पनि यौन शोषण गरेको, लुटपाट गरेको विवरण खुल्दै आएको जनाएको छ ।
