
पोखरा, ११ असोज । पोखरा-३२ खुदीखोलामा रहेको सुकुम्बासी बस्तीमा श्रीमातीको हत्या गरेर फरार रहेका श्रीमान पक्राउ परेका छन् । बुधबार राती घरमै श्रीमतिको हत्या गरि फरार रहेका यानबहादुर गुरुङलाई खेतको कान्लामा सुतिरहेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता एवम डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिएका छन् ।
५२ बर्षिय गुरुङले आफ्नै श्रीमति ६० बर्षिया श्रीमाया गुरुङको हत्या गरेका हुन् । छिमेकीलाई आफुले हत्या गरेको खवर छोडेर उनी फरार रहेका थिए । प्रहरीले आफ्नो प्रशिक्षित कुकुरको माध्यमबाट उनलाई पक्राउ गरेका हो । हत्या गरेपछि शवलाई बोरामा पोको पारेर फालिएको थियो । हत्या गरी फरार रहेका गुरुङ कास्की प्रहरीको हिरासतमा रहेका छन् ।
तस्बिर-हाम्रो गगनगौँडाको फेसबुकबाट
