कास्कीमा चंगा उडाउने क्रममा करेन्ट लागेर बालकको मृत्यु

Share:

असोज १३, २०७५्र । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १ टुसेमा शुक्रबार साँझ चंगा उडाउने क्रममा एक बालकको ज्यान गएको छ । स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बलबहादुर पुनका १२ वर्षीय छोरा राकेश पुनको विद्युत् पोलमा अड्किएको चंगा निकाल्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी घाचोकका इन्चार्ज भट्टराम गुरुङले जानकारी दिए।

चंगा उडाएर खेलिरहेका बालक पुन चंगा विद्युत्को पोलमा अड्किएपछि निकाल्नको लागि पोलमा चढेका थिए। पोलमा चढ्ने बित्तिकै उनी नांगो तारमा अड्किएको प्रहरीको भनाइ छ । गुरुङका अनुसार पोखराबाट प्रहरी र विद्युत् प्राधिकरणको प्राविधिक सहितको टोली पुगेपछि मात्र बिजुलीको नांगो तारमा अड्किएका बालकलाई बाहिर निकालिएको थियो। मृतक बालकको शव पोष्टमार्टमको लागि अहिले पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: