लेकसाइडमा ‘केक लेक बेकरी’

Share:

पोखरा । युवा ब्यवसायीद्वय ओम उपाध्याय र रोशन महर्जनले पोखराको लेकसाइडमा केक लेक बेकरी संचालनमा ल्याएका छन् ।

लामो समय देखि ब्यवसायमा आवद्ध दुई युवाले लेकसाइडमा आउने पर्यटकलाई लक्षित गरेर बेकरी शप संचालनमा ल्याएका हुन् । केक लेक बेकरीमा ४० भन्दा बढि बेकरी आइटम उपलब्ध हुने संचालक ओम उपाध्यायले जानकारी दिए ।

लेकसाइड पर्यटकीय स्थल हो तर यहाँ विशुद्ध बेकरी सपको अभाव देखिएकाले हामीले संचालननमा ल्याएका हौ । ’उनले भने ‘लेकसाइड भन्दा वित्तिकै धेरैले महँगो रुपमा पनि लिन गर्छन् तर हामीले विदेशी तथा स्वदेशी पर्यटकलाई रिजनेबल मुल्यमा गुणस्तरीय सेवा प्रदान गरेका छौ । हाम्रोमा आएका ग्राहकले महँगो अनुभुति गदैनन् ।’

उनले बेकरी सपमा स्न्याक्स, प्रेष्टि, खमिर लगायतका आइटमहरु उपलब्ध हुने बताए । पोखरा महानगरपालिका वडा नं ६ लेकसाइडको सेन्टर प्वोइन्ट प्राइम लोकेशनमा भएकाले पनि धेरै पर्यटकलाई सहज हुने उनको भनाई छ । झण्डै ७० लाख लगानीमा संचालनमा आएको यस बेकरीमा ९ जना कर्मचारी कार्यरत रहेका छन् ।

उपाध्याय विगत नौ वर्ष देखी ओम्स एब्रोड कन्सल्ट (ओएसी), पोखरा वेडिङ्ग र सेन्टर प्लाजाका संचालक हुन भने महर्जनले विगत २५ वर्ष देखि काठमाडौ फ्रेस बेकरी संचालन गदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: