
पाेखरा २६ असाेज । गुडिरहेकाे नगर बसकाे ढाेकाबाट खसेर पोखरामा एक महिला घाइते भएकी छन् । पाेखरा महानगरपलिका-२ बरपाटन बस्ने ६५ वर्षकी महालक्ष्मी बज्रचार्य बसको ढोकाबाट खसेर घाइते भएकी हुन् ।
पोखरा महानगरपालिका-११ फुलबारी ब्यारेक पछाडि ग१ख ६५६४ नं. को बसबाट उनी एक्कासी खसिन् । उनलार्इ उपचारको लागि मणिपाल शिक्षण अस्पताल पठाईएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
