
अशोक विश्वकर्मा
पोखरा, कार्तिक ११
दशै भन्ने बित्तिकै झट्ट मानसपटलमा पिङ्गको झल्को नेपालीहरुमा आइहाल्छ । तर समयक्रम सँगै दशैमा रोहोटो पिङ्ग (काठको पिङ्ग), लिङ्गे पिङ्ग देख्न कम भएको छ । गाउँटोलमा सार्वजनिक तथा निजि (सबैको पायक पर्ने) स्थानमा युवाहरुको सक्रियातामा हालिने पिङ्ग युवा पुस्ताको बढ्दो विदेशिने क्रम सँगै लोप हुने संघारमा पुगेको हो ।
विजया दशमीको घटस्थापना देखी पुर्णिमा सम्म हालिने पिङ्ग पोखरा र पृथ्वीराजमार्गको छेउछाउमा केही वर्ष पहिले सम्म छ्याप्छ्याप्ती देखी गरेको भएता पनि यस पटक भने निकै कम देखियो ।
पछिल्लो पुस्तामा पिङ्गको मोह कम हुनु र पिङ्गको महत्वबारेमा जानकारहरुले बुझाउन नसक्दा पनि दशैमा खेलिने पिङ्ग हराउने त हैन ?
सस्कृतीको जगेर्नाको लागि भएता पनि यस्ता पर्वहरुमा सवैले चासो दिनुपर्ने देखिन्छ ।
हेरौ नेपालको ईतिहासमा ५० वर्ष पहिले विभिन्न स्थानमा हालिएको पिङ्ग र नेपालीहरुको उत्साह








