पोखरामा दुई करोड विद्युत् महसुल उठ्न बाँकी

448
0
Share:

पोखरा,१३ कार्तिक । नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रमा आर्थिक वर्ष २०७४/७५ मा सडक बत्ती वापतको विद्युत् महसुल रकम १ करोड ८६ लाख ३३ हजार ७८० उठ्न बाँकी छ। सडक बत्तीको महसुल पोखरा महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने भए पनि हालसम्म प्राप्त भइ नसकेको पोखरा वितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार शाहले जानकारी दिए।

उनका अनुसार केन्द्रबाट उक्त आर्थिक वर्षमा सडक बत्तीबाहेक ९९.२४ प्रतिशत महसुल उठाइ सकिएको छ। केन्द्रले सो अवधिमा विद्युत् बिक्रीबाट १ अर्ब ५० करोड ६४ लाख ७ हजार ८९६ संकलन गरेको केन्द्रका लेखा अधिकृत जयराम आचार्यले जानकारी दिए। आर्थिक वर्ष २०७५/७६ सुरु भएयता केन्द्रमा विद्युत् महसुलबापत असोजसम्म ४३ करोड ३६ लाख ५ हजार ९३५ रुपैयाँ संकलन भएको र यो रकम कूल उठ्न बाँकीमध्ये ९७.७१ प्रतिशत भएको उनले जानकारी दिए।

केन्द्रले आफ्नो सेवा क्षेत्रभित्र विद्युत् वितरणलाई प्रभावकारी बनाउन निरन्तर क्रियाशील बनेको बताउँदै केन्द्र प्रमुख शाहले यस बीचमा कम क्षमता भएका तार फेर्ने, फिडर थप गर्नेजस्ता कामलाई अघि बढाइएको जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: