‘तिहारको खेल, मज्जाको खेल’ सुरु, पोखरा सस्तो बजारको सहकार्य

Share:

पोखरा, २० कार्तिक । दोस्रो ठूलो चाड तिहारको अवसर पारेर पोखराको बिग एफएमले बर्षेनी आयोजना गर्दै आएको रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’ सुरु भएको छ । यस बर्ष पोखरा सस्तो बजार, पृथ्वीचोकले सहकार्य गरेको छ ।

‘जुवा होईन, तास होईन, अब एसएमएसको खेल बिग एफएममा । हार्नुपर्दैन केही, छ त केवल जीत नै जीत, त्यो पनि क्यासमा ।’ थिमका साथ रेडियो गेम शो कात्तिक २० गते कुकुर तिहारदेखि २२ गते गोबद्र्धन पुजासम्म साँझ ७ बजेदेखी ९ बजेसम्म चल्नेछ । खेल खेलेर स्रोताहरुले २० हजार रुपैँयासम्म जित्न सक्ने कार्यक्रम संयोजक शंकर तिवारीले जानकारी दिए ।

एसएमएस गरि आफुलाई दर्ता गर्नका लागि स्रोताहरुले आफ्नो मोबाईलको मेसेज बक्समा गई बीआईजी टाईप गरेर एक स्पेस दिइ एफएम लेखि ३४३२१ मा पठाउनुपर्नेछ । एफएमले एसएमएसहरुमध्ये लक्की ड्र गरि स्रोताहरुलाई आफै फोन गरेर ‘तिहारको खेल मज्जाको खेल’ खेलाउनेछ । १५ वटा नम्बर मध्ये श्रोताले पालैसित १४ पटकसम्म नम्बर छान्दै जानुपर्नेछ । अन्तिम लक्की नम्बरमा भएको नगद श्रोताको नाममा हुनेछ । अधिकतम २० हजार रुपैँया सम्म जित्न सक्ने कार्यक्रम प्रस्तोता कमल थापाले जनाए ।

‘नयाँबर्ष होस् या भ्यालेन्टाईन डे, तीज, दशैं होस् या तिहार । रेडियोले हरेक पर्व र उत्सव श्रोतासँगै विभिन्न रमाईलो ईभेन्टमार्फत मनाउँदै आएका छौं ।’ प्रोग्राम चिफ तिवारीले भने– ‘तिहारमा जुवा खेलेर पैसा र समय बर्बाद गर्ने प्रचलन छ, जहाँ धेरैजनाले हार व्यहोर्छन् तर हामीले खेलाईने खेलमा स्रोताहरुलाई जित मात्रै हासिल हुनेछ, त्यसका लागि उहाँहरुले एसएमएस गरे पुग्छ ।’

पोखरा सस्तो बजारका सञ्चालक युवराज खतिवडाले गत वर्ष बडादशैं इभेण्ट महा–आजिजामा जोडिएको स्मरण गर्दै यसपटक तिहारको इभेण्ट तिहारको खेल मज्जाको खेलमा सहकार्य गरेको बताए । ‘पोखराका रेडियोहरुमध्ये अग्रणी रेडियो बिग एफएमका इभेण्टहरु व्यवसायिक मार्केटिङका लागि फलदायी भएको पायौं । त्यसैले हरेक इभेण्टहरुमा सकेसम्म जोडिन चाहन्छौं ।’

तिहारलाई स्रोताहरुसंगै मनाउने र मनोरञ्जनसँगै पैसा समेत जिताउने उद्देश्यले एफएमले कार्यक्रम गर्दै आएको छ । यसअघि, बिग एफएमले दशैँको अवसर पारेर ‘महा–आजिजा’ खेलाएको थियो ।

पृथ्वीचोक स्थित पोखरा सस्तोबजारमा तिहारको अवसरमा पाँच सय भन्दा बढीको सामानको खरिदमा उपहार कुपन प्राप्त गर्न सकिनेछ । सञ्चालकका अनुसार सीमित सटर बुकिङ पनि खुल्ला गरिएको छ । पोखरा सस्तोबजारमा नुनदेखि सुनसम्मका सामानहरु सुपथ मूल्यमा पाउन सकिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: