
पोखरा, २२ कार्तिक । पोखराको बिग एफएमले दोस्रो ठूलो चाड तिहारको अवसरमा बर्षेनी आयोजना गर्दै आएको रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’ बिहीबारबाट सकिएको छ । कात्तिक २० गते कुकुर तिहारदेखि सुरु भएको रेडियो गेम शो बिहिबार बाट सकिएको हो । पहिलो दिन सुनिता भुषालले ३ हजार र हिमलाल सुवेदीले २ हजार जितेका थिए । राजेश खड्का ५० रुपैंया र प्रतिमा सारु मगरले ५ रुपैंयामा चित्त बुझाएका थिए । गेम शोमा दोस्रो दिन रमिला भुषालले १० हजार, शान्ति गौतमले ५ हजार, सिता गुरुङले १२ हजार र बिबेश थापाले ५ सय जितेका थिए।
यस्तै गेमशोको अन्तिम दिन थमन थापाले २० हजार,झलक खत्रीले २ हजार,नन्द बाहादुर गुरुङले एक हजार र रोशनी गुरुङले पाँच सय जितेका छन् । यस बर्ष पोखरा सस्तो बजार पृथ्वीचोकले सहकार्य गरेको थियो । पृथ्वीचोक स्थित पोखरा सस्तोबजारमा तिहारको अवसरमा पाँच सय भन्दा बढीको सामानको खरिदमा उपहार कुपन प्राप्त गर्न सकिनेछ । सञ्चालकका अनुसार सीमित सटर बुकिङ पनि खुल्ला गरिएको छ । पोखरा सस्तोबजारमा नुनदेखि सुनसम्मका सामानहरु सुपथ मूल्यमा पाउन सकिन्छ । तिहारलाई स्रोताहरुसंगै मनाउने र मनोरञ्जनसँगै पैसा समेत जिताउने उद्देश्यले एफएमले कार्यक्रम गर्दै आएको छ । यसअघि, बिग एफएमले दशैँको अवसर पारेर ‘महा–आजिजा’ खेलाएको थियो ।
