
२३ कात्तिक,पोखरा । अनुप पौडेल । तिहारको मुख्य दिन आज पोखरा बजार बिहानै देखी सुनशान रहेको छ । बिहानै देखि सार्वजानिक माईक्रो बस चलेका छैनन् तर लामो दुरीका केहि सवारी भने चलिरहेका छन् । आज मुख्य दिन भाइटिका भएपनि फूल व्यापारी भने फूल बेच्न मुख्य चोकहरुमा छन् । निजी सवारी हुनेहरु आफ्नै सवारीमा गन्तव्य तर्फ गईरहेका छन् । सार्वजानिक माईक्रो बस नचलेपनि बजारमा ट्याक्सी भने ओहोरदोहोर गरिरहेको देखिन्छन ।
भाइटिकाको दिन भएकाले अन्य दिनको तुलनामा सर्वसाधारणको भीड पनि छैन । तर दसैँमा भने सार्वजानिक बस व्यवसायी समितिको उद्घोष अनुसार नै पोखरामा बस देखिन्थे र सर्वसाधारणले पनि खासै अभाव भोग्नुपरेको थिएन । आज बिहानैदेखि चिप्लेढुंगामा फूलको व्यापार गर्न बसेका एक व्यापारीले पनि फुल किन्ने ग्राहक नआउनु आज स्वाभाविक भएको बताए । लक्ष्मी पुजा (बुधबार) र गोवर्धन पूजा (बिहिबार) का दिन भने पोखरामा तिहारको लागी सामान खरिद गर्नेको संख्या ह्वात्तै बढेको देखिन्थ्यो । दुई दिन अघि मात्र पोखराका मुख्य चोकहरुका सडकपेटीमा भाइमसला,लत्ताकपडा देखि फलफूल बेच्ने सम्मको भीड थियो ।
