लमजुङका गाउँ-गाउँमा संगठन विस्तार गर्दै विवेकशील साझा

680
0
Share:

कार्तिक २४,लमजुङ । विवेकशील साझा पार्टीले गण्डकी प्रदेश संयोजक घोषणा गरेसँगै लमजुङ जिल्लामा संगठन विस्तारलाई तिव्रता दिएको छ । गएको असोज ३१ गते अष्टमीका दिन मस्र्याङ्दी गाउँपालिका ९ सिरुवारीमा पिताम्बर अधिकारीको संयोजकत्वमा ७ सदस्यीय टोल÷गाउँ कमिटी गठन भएको थियो । त्यो सँगै विवेकशील साझा पार्टीले शनिबार बिजय पाण्डेको संयोजकत्वमा १७ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

उक्त कार्यक्रममा विवेकशील साझा पार्टीका जिल्ला नेताद्धय निर्देश सिलवाल र समित्रा गुरुङको विशेष उपस्थीति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गदै पार्टीका नेतृ सुमित्रा गुरुङले अब विवेकशिल साझा गाउँगाउँ र टोलटोलमा पुग्ने बताइन् । त्यस्तै पार्टीका नेता निर्देश सिलवालले ३ महिने विशेष संगठन विस्तार अभियानमा आफुहरु रहेको बताए । उनले भने लमजुङबाट संगठन विस्तारलाई मुर्त रुप दिई गण्डकी प्रदेशका ११ वटै जिल्लामा कमिटी गठन गरिनेछ । सिलवालका अनुसार अब पार्टीले जिल्ला÷जिल्लामा जिल्ला संयोजक चयनसँगै नगरपालिका, गाउँपालिका र वडावडामा संगठन विस्तार गर्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: