कास्कीका सह–न्यायधिवक्ता थापा विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

805
0
Share:

पोखरा,२७ कार्तिक । उच्च सरकारी वकील कार्यालय,पोखरा कास्कीका सह–न्यायधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सह–न्यायधिवक्ता थापाले ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाइ एक सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस लिएका थिए। अख्तियारले विशेष सूचनाका आधारमा थापालाई असोज २४ गते घुस रकम सहित नियन्त्रणमा लिएको थियो । थापा विरुद्ध मंगलबार मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: