
कात्तिक ३०,दमौली । चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–४ चिसापानी निवासी चार वर्षीया अस्मिता लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरको आँगनमा खेलिरहेको अवस्थामा अस्मितालाई साँझ ५ बजे चितुवाले आक्रमण गरेको थियो ।
चितुवाको आक्रमणबाट घाइते भएकी उनलाई उपचारका लागि दमौली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक बालिकाको बुबा कृष्ण लम्साल वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । उनी आमा सरस्वती लम्साल र दुई दाजुको साथमा बस्दै आएकी थिइन् ।
तस्बिर:गिता थापा मगरको फेसबुकबाट ।
कमेन्ट गर्नुहोस्
