तनहुँमा ८१ हजार सहित चार जुवाडे पक्राउ

Share:

५ मंसिर,तनहुँ । प्रहरीले जुवा खेलिरहेको अवस्थामा मङ्गलबार राति तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मालेबगरबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का विनोद ठकुरी,सोही ठाउँका दीपककुमार श्रेष्ठ,शुक्लागण्डकी नगरपालिका–९ का होमबहादुर थापा र सुकबहादुर थापा छन् ।

मालेबगरका खेमराज सुवेदीको घरमा नेत्रबहादुर कार्कीले कोठा भाडा लिई जुवा खेलाउने गरेको सूचनाका आधारमा छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले जानकारी दिए । उनीहरुको साथबाट रु ८१ हजार बरामद गरिएको छ । पक्राउ परेका सबै जना विरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा चलाइने शाहले बताए ।

कमेन्ट गर्नुहोस्
Share: