
०६ मंसिर,पोखरा । पोखरामा मोटरसाइकल पोलमा ठोक्किदा एकजनाको ज्यान गएको छ । मोहरिया टोलबाट सिदार्थ चोक तर्फ जादै गरेको ग १५ प २०१८ नम्बरको मोटरसाइकल अचानक बिजुलीको पोलमा ठोक्किदा चालकको ज्यान गएको हो ।
दुर्घटनामा परी गम्भीर घाईते भएका पोखरा २५ हेम्जा निवासी १८ बर्षीय सुवास नेपालीको फिस्टेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी शिव प्रसाद पाठकले जानकारी दिएका छन् । मोटरसाइकल अचानक पोलमा कसरी ठोक्कियो भन्ने बारे नखुलेको उनले जानकारी दिएका छन् ।
FILE PHOTO
कमेन्ट गर्नुहोस्
