
११ मंसिर,पोखरा । सफल पोखरा एक्सपो तथा तेस्रो मोवाइल मेला २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा उद्योग बाणिज्य संघको आयोजनामा “लगानीको सम्वद्र्धनःउद्योग व्यवसायको प्रवद्र्धन” भन्ने नाराको साथ बिहिबार (मंसिर १३) देखि मंसिर २४ गतेसम्म हुने मेलाको समुद्घाटनको लागि केही दिन मात्र बाँकी रहँदा धेरैजसो तयारीहरु सकिएको र केही भौतिक तथा स्टल निर्माणका काम पनि तीव्र पारिएको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।
एक्सपो तथा मोवाइल मेलाको समुद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम रहेको छ । वर्षेनी आयोजना गर्दै आइरहेको साविककै राष्ट्रिय औद्योगिक व्यापार मेलालाई परिस्कृत गर्दै यो पटकदेखि एक्सपो आयोजना गर्न लागिएको संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिएका छन् । एक्सपोमा अत्याधुनिक डोममा र साधारण गरी २ सय ५० को हाराहारीमा स्टलहरु रहनेछन् भने ती स्टलमध्ये २० वटा स्टल नितान्त औद्योगिक उत्पादनका रहनेछन् । पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्योग तथा अन्य उद्योगहरुको सहभागिताले यो एक्सपो उद्यमशीलता चाहनेहरुको लागि महत्वपूर्ण गन्तव्य बन्ने अयोजकले ठहर गरेको छ ।
यसैगरी नेपाल पर्यटन बोर्ड एवं पोखरा पर्यटन परीषदको सहयकार्यमा एक्सपोमा होमस्टे प्रवद्र्धन तथा पर्यटकीय गन्तव्यबारे जानकारी दिने स्टलहरु पनि रहनेछन् भने विभिन्न राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प प्रदर्शनी, हस्तकलाका सामाग्री, अटो प्रदर्शनी, महिलाहरुका उत्पादनहरु एवं विशेष छुटका साथ विभिन्न ब्राण्डका मोवाइल फोन तथा इलेक्ट्रोनिक सामानहरु पनि एक्सपोका आकर्षण हुनेछन् । पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उदेश्यले एक्सपोको आयोजना गरिएको हो । मोवाइल मेलामा १५ देखि २० वटा ब्राण्डका मोवाइलहरु उपलव्ध हुनेछन् । मेलामा मोबाइल साटफेर समेत गर्न पाइने छ । मोबाइल साटफेर गर्न नेपाल सरकारले जारी गरेको परिचयपत्र प्रमाणका रुपमा देखाउनुपर्ने छ ।
साथै एक्सपोको थप आकर्षणतर्फ लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम र लोकनृत्य प्रतियोगिता रहने छन् । प्रवेश टिकटमा दैनिक रुपले पुरस्कारको व्यवस्था गरिएको छ । यस वर्ष दुई पांग्रे सवारी बम्पर उपहारका रुपमा राखिएको छ । गएको वर्ष बम्पर उपहारका रुपमा कार राखिएको थियो । एक्सपो २ लाख दर्शकहरुले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ । एक्सपोका ८५ प्रतिशत स्टलहरु बुकिङ भई सकेका छन् भने मेलाको प्रचारप्रसार तीव्र बनाइएको छ । एक्सपोको प्रवेश टिकट सर्वसाधारणको लागि रु ६० र विद्यार्थीको लागि रु. ४० कायम गरिएको छ । मेलाबाट अनुमानित आम्दानी रु. ९० लाखमा अनुमानित खर्च रु ६० लाख कटाउँदा रु. ३० लाख बचत हुने अनुमान गरिएको छ । यस वर्षको एक्सपो आयोजनाबाट बचत भएको रकम प्रदर्शनी केन्द्रको भौतिक निर्माण तथा विभिन्न सामाजिक तथा व्यवसायिक उत्थानको क्षेत्रमा खर्च गरिने अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।
एक्सपोलाई यसपटक पनि पोखराको औद्योगिक घराना लक्ष्मी हाउसले सघाएको छ । लक्ष्मी समूहको सफल ब्राण्ड एक्सपोको टाइटल स्पोन्सर रहेको र नेपाल मोवाइल बितरक संघ, पोखराले पनि यो वर्ष आयोजकसँग सहकार्य गर्दै आफ्नो मेलालाई यही मेलामा समाहित गरेको पोखरा उद्योग बाणिज्य संघले जानकारी गराएको छ । एक्सपोलाई पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले सहयोग गरेका छन् । लक्ष्मी समूहको मूख्य प्रायोजन रहेको एक्सपो नेपाल पर्यटन वोर्ड सहित आइएमई ग्रुपको प्रवद्र्धनमा आयोजना हुन लागेको हो ।
