
पोखरा । आगामी मङ्सिर २६ देखि छैटौं संस्करणको ‘इक्यान शैक्षिक मेला’ हुने भएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) कास्कीको आयोजनामा मेला हुन लागेको हो ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए । मेलाको तयारी तीव्र बनाइएको उनले बताए ।
मेलामा विभिन्न देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि सहभागी हुने इक्यान कास्कीका सचिव रुद्रप्रसाद अर्यालले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
