तनहुँमा सवारी दुर्घटनामा एकजना घाइते

Share:

मंसिर १२, तनहुँ । तनहुँको व्यास नगरपालिका–४ बाणभञ्ज्याङ स्थित दमौली भोर्लेटार सडकखण्डमा कारले ठक्कर दिँदा एकनजना घाईते भएका छन् । ना.५८प.५५९८ नं. को स्कुटीलाई ग.१च.९४४८ नं. को कारले ठक्कर दिँदा स्कुटी चालक तनहुँको व्यास नगरपालिका–८ बस्ने २४ बर्षिय विशाल गुरुङ घाइते भएका हुन् ।

घाइते गुरुङलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाईएको छ । घटनास्थलमा खटिएको प्रहरी टोलिले कार चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।

तनहुँमा एक व्यक्तिको शव फेला

तनहुँमा एक व्यक्तिको शव फेला परेको छ । ब्यास नगरपालिका –१३ बेनिकोट जंगलमा सोही ठाउकाँ अंन्दाजी ६६ बर्षिय उड बहादुर आले मृत अबस्थामा फेला परेका हुन् । खबर प्राप्त हुनासाथ तत्कालै घटनास्थल पगेको प्रहरी टोलिले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: