पोखरामा फर्निचर पसलमा आगलागी हुँदा पन्ध्र लाख बराबारको क्षति

Share:

मंसिर १७,पोखरा । विद्युत सर्ट हुँदा पोखरामा एक फर्निचर पसलमा आगलागि भएको छ । सोमबार बिहान करिब ६ बजे पोखरा महानगरपालिका १६ दिप स्थित हाउजीङमा सोही स्थानकी काली गुरुङले संचालन गरेको फर्निचर पसलमा आगलागि भएको हो ।

आगलागी भएकोे खबर प्राप्तहुनासाथ तत्काल प्रहरी टोलि घटनास्थल पुगेको थियो । स्थानिय र प्रहरी मिलेर साढे ६ बजे आगो नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुसार आगलागीबाट फर्निचर पसलमा रहेका विभिन्न तयारी फर्निचर तथा अन्य सामान जल्दा अंन्दाजी पन्ध्र लाख बराबरको क्षती भएको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: