
१७ मंसिर,पोखरा । पर्यटकलाई धम्पुसमा छोडी फर्कने क्रममा एउटा पर्यटक गाडीमा आगलागि भएको छ । सोमबार दिउँसो करिब साढे १२ बजे माछापुछ्रे गाउपालिका–७ फेदीमा भे १ य ७ नं. को उक्त गाडी स्टार्ट गर्दा आगलागी भएको हो । आगलागिको खबर प्राप्त हुनासाथ प्रहरी टोलि तत्कालै घटनास्थल पुगेको थियो ।
आगलागि हुँदा गाडी चालक म्याग्दीका अन्दाजी ४५ बर्षिय कुमार ठकुरी घाइते भएका छन् । घाइते चालकलाईउपचारको लागि पोखरा ल्याइएको छ । प्रहरीका अनुसार गाडी पूर्ण रुपमा क्षती भएको छ । घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
FILE PHOTO
कमेन्ट गर्नुहोस्
