मंसिर १९,पोखरा । पोखरामा लागुऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देवकोटा चोकका २६ बर्षिय राजन मौर्यरहेका छन् । पोखरा महानगरपालिका –१० अमरसिंह चोकबाट मौर्यलाइ अवैध लागूऔषध सहित वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलिले पक्राउ गरेको हो ।
शंका लागि चेकजाँच गर्दा मौर्यले बोकेको कालो झोला भित्र डाईजापाम ६० थान, नुर्फिन ६० थान र फनरागन ६० थान गरी जम्मा १८० थान फेला परेको हो । उक्त लागूऔषध बरामद गरीे घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
FILE PHOTO
कमेन्ट गर्नुहोस्
