तनहुँमा कार र मोटरसाइकल ठक्कर खाँदा एकजना घाइते

Share:

मंसिर २१, तनहुँ । तनहुँमा कार र मोटरसाइल एकआपसमा ठक्कर खाँदा मोटरसाइल चालक घाइते भएका छन् । घाइते हुनेमा शुक्लागण्डकी नगरपालिका –४ पुलचोकका ५५ वर्षिय तेन्जिङ लाक्पा रहेका छन् । तनहुँको दुलैगौंडाबाट ढोरफेदी तर्फ गईरहेको ग १च ८०७३ न.को कार र विपरीत दिशाबाट आईरहेको ग १६ प ६०६ न.को मोटरसाईकल एकआपसमा ठक्कर खाँदा उक्त घटना घटेको हो ।

दुर्घटनामा परी घाइते भएका लाक्पालाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा ल्याइएको छ । दुवै सवारी साधन र कार चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: