पोखरामा एक व्यक्तिको आकस्मिक मृत्यु

Share:

मंसिर २३, पोखरा । पोखरामा अचानक मुटु दुखेको भन्दै ढलेका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ७० बर्षिय गोर्खाली भनि चिनिने पुरुष रहेका छन् । उनी पोखरा रामबजारका रुद्र पुनको मझेरीपाटनमा रहेको बङ्गुर फारममा बिगत ५ वर्ष देखि काम गर्दै आएका थिए ।

मुटु दुखेको भन्दै ढलेका उनलाई पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: