
पोखरा,मंसिर २७ । गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीको निधन भएको छ । मंगलबार उपाचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा पुर्याइएका सांसद घर्तीको बिहीबार निधन भएको हो। एयर एम्बुलेन्सबाट अपोलो अस्पताल पुर्याइए पछि सांसद घर्तीलाई अस्पतालमा भर्ना गरिएको थियो। आज राती १ बजे नै अस्पतालका डाक्टरहरुले मृत्यु भएको घोषणा गरेको घर्तीकी श्रीमती सुनमया घर्तीले बताईन्।
प्रदेश सांसद घर्तीको १७ दिनसम्म काठमाडौँ स्थित ग्राण्डी अस्पतालको आईसीयुमा उपचार भएता पनि निको नभए पछि नयाँ दिल्लीको अपोलो अस्पताल पुर्याइएको थियो । ढोरपाटन नगरपालिका ५ अधिकारीचौर सइखोला निवासी सांसद घर्ती राष्ट्रिय जनमोर्चाका नेता थिए। सांसद घर्ती बागलुङको क्षेत्र नं २ को ख बाट प्रदेश सभा सदस्यमा बामगठवन्धनबाट उमेदवार बनी निर्वा्चित भएका हुन्। ४६ वर्षिय घर्ती बिगत केहि दिन देखी कलेजो सम्वन्धी रोगबाट पीडित रहेको घर्ती आवद्ध पार्टी राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
SOURCE:NEPALKHABAR
