नेता बन्ने भन्दा नेता बनिरहनु महत्वपूर्ण हो:नेता अधिकारी

Share:

२ पौष,पोखरा । नेकपा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले नेता बन्नु भन्दा पनि नेता बनिरहनु महत्वपूर्ण हुने बताएका छन् । नेपाल इन्जिनियरिङ एशोसियन गण्डकी प्रदेशमा बिजयी प्रगतिशिल समुहलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेका अधिकारीले व्यक्तिगत कुण्ठा र व्यक्तिवादी चिन्ततले कसैलाई फाइदा नपुर्याउने भन्दै आजभोली सामाजिक संजालको नेता बन्ने होडबाजी चलेको बताए ।

‘आफ्नो जिम्मेवारी के हो मनन गर्नु छैन फेसबुकमा जिम्मा दिएनन् भनेर लेख्यो कराउँदै हिड्यो, सामाजिक संजालको नेता बन्ने की मजदुर , किसानको नेता बन्ने बिचार गर्नुपर्छ’ अधिकारीले भने । नेता अधिकारीले पार्टी एकता कार्यकर्ताका कारण मात्रै सम्भव बताए । ‘कसैले केहि दस्तावेज निकाल्दैमा नेता बन्न सकिदैन नेता थिए भन्ने हुन्छ ,नेता भैरहेन कुरा ठूलो हो पदमा रहेर नेता हुने भए मदन भण्डारी प्रधानमन्त्री थिएनन् तर युग युगका नेता हुन्’ उनले भने ।

‘अराजकता होइन चेन अफ कमाण्डमा चल्ने संस्कार बसालौं,संस्थागत निर्णय नै ठूलो हो’,अधिकारीले भने,‘कुण्ठा अभिव्यक्त गरेर कार्यकर्तालाई बोझ थुपारेर नेता हुन पाइदैन,आफ्ना कुरा राख्ने ठाउँ हुन्छ जिम्मेवारी नपाउने बेत्तिकै छटपटाहट हुनु हुदैन’ । पार्टी संस्थागत निर्णयबाट चल्ने संस्कार बसाल्नुपर्ने अधिकारीको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
Share: