काहूँ धरहरा महोत्सव जारी, डाँडा उक्लेर पोखरा दृश्यावलोकन गर्नेको भिड

Share:

तेस्रो काहूँ धरहरा महोत्सव जारी छ । अहिले महोत्स पुगेर त्यहाँको धरहराबाट पोखरा उपत्याका, हिम श्रृखंला हेर्नेको भिड बढेको छ । चिसो मौसमको बाबजुद पनि विभिन्न ठाउँबाट दर्शक महोत्सवस्थल पुग्ने गरेका छन् । उनीहरु आपसमा भेटघाट गर्दै महोत्सवमा रमाउने गरेका छन् ।

काहूँडाँडामा रहेको काहूँ धरहराबाट पोखरा लगायत आसपासको सुन्दर दृश्य तथा मनोरम हिमाल देख्न सकिने हुँदा पनि दर्शक महोत्सव आउने गरेको प्रचारप्रसार संयोजक दामोदर आचार्यले बताए ।

पोखरा–११, काहुँडाँडामा जारी महोत्सव पुस ८ गतेसम्म चल्नेछ । महोत्सवस्थल पुग्न पोखरा रानीपौवास्थित दूरसञ्चार कार्यालय अगाडिबाट प्रत्येक आधा घण्टामा बस जाने व्यवस्था मिलाइएको यातायात व्यवस्था समिति संयोजक सु।इन्द्रबहादुर गुरुङले जानकारी दिए ।

 

 

कमेन्ट गर्नुहोस्
Share: