
पुस ३, म्याग्दी । लागुऔषध सहित म्याग्दीमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका –१० का २४ बर्षिय आर्यन कार्की रहेका छन् । म्याग्दीको बेनी नगरपालिका –८ बसपार्कमा खटिएको प्रहरी टोलिले लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कार्कीका साथबाट नुर्फिन २४ ऐम्पोल, फेनारागन २४ ऐम्पोल, डाईजेपाम २४ ऐम्पोल गरी जम्मा ७२ एम्पोल लागूऔषध बरामद गरिएको छ । कार्कीमाथि लागूऔषध अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
FILE PHOTO
कमेन्ट गर्नुहोस्
