म्याग्दीमा एक युवकले आफ्नै घरमा आगो लगाउँदा १० लाख बराबरको क्षती

Share:

पुस ४, म्याग्दी । म्याग्दीमा एक युवकले रिसको आवेगमा आफ्नै घरमा आगो लगाएका छन् । आज बिहान करिब १० बजेको समयमा मालिका गाउँपालिका ६ दिच्यामका कुल बहादुर भण्डारीका छोरा २३ बर्षिय एकेन्द्र भण्डारीले आफ्नै घरमा आगो लगाएका हुन् । आवेशमा आएर घरमा आगजनी गरेको भन्दै स्थानियबासीले प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट माटोले बनेको ढुङ्गाले छाएको दुई तले कच्ची घर पुर्णरुपमा जलि नष्ट भएको छ ।

प्रहरीका अनुसार आगलागीबाट घरमा रहेको अन्नपात, लत्ता कपडा, भाडा बर्तन जलेर नष्ट हुँदा अन्दाजी १० लाख बराबरको क्षती भएको छ । आगो लगाउने एकेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: