भिरबाट लडेर पोखरामा एकजनाको मृत्यु

Share:

पुस ९, पोखरा । भिरबाट लडेर पोखरामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी (पूर्व) का १७ बर्षीय सुजन गोले तामाङ रहेका छन् । सोमबार गोर्खा भिलेज घुम्न गई फर्कने क्रममा पोखरा–२७ स्थित छत्रे ढुङगाको भिरबाट अचानक खस्दा तामाङ घाईते भएका थिए ।

उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल गण्डकी ल्याइएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका हुन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: