कञ्चनपुरका महता गोरखामा मृत अवस्थामा फेला

Share:

गोरखा, ११ पुस । कञ्चनपुरका एक व्यक्ति गोरखामा मृत अवस्थामा फेला परेका छन् । कन्चनपुरको कृष्णपुर नगरपालिका–२ खल्लागोठ घर भएका ३० बर्षीय लाल बहादुर महता मृत अवस्थामा फेला परेका हुन् । बुधबार गोरखाको भिमससेन गाउँपालिका–५ हर्रापानी स्थित गोरखा आरुघाट सडक खण्डको किनारमा उनको शव भेटिएको हो ।

महता सोहि स्थानमा रहेको तामाङ कन्ट्रक्सनमा एक महिनादेखी ज्यामी काम गर्दै आएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: