पुस १५ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा (सूचना सहित)

Share:

पोखरा, १३ पुस  । पुस १५ गते आईतबार गण्डकी प्रदेशमा सार्वजनिक विदा दिईएको छ ।

गुरुङ जातिको ल्होछार पर्वको दिनमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरि सो दिन प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदाको निर्णय भएको जनाएको छ ।

प्रदेश सरकारले बढीमा ६ दिनसम्म आफ्नो प्रदेशमा वार्षिक बिदा घोषणा गर्न सक्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: