टुकी बत्तीबाट सल्किएको आगलागीमा परी पोखरामा तिन जना घाईते

Share:

पोखरा, १८ पुस । टुकी बत्तीबाट सल्किएको आगलागीमा परी पोखरामा तिन जना घाइते भएका छन् । घाइते हुनेमा रामेछाप घर भई हाल पोखरा महनगरपालिका ३१ बेगनाशमा डेरा गरी बस्ने ४७ बर्षीय सिता परियार, उनको छोरा १० बर्षीय सकुल परियार र नाती ७ बर्षीय निरज परियार रहेका छन् ।

उक्त आगलागीबाट लत्ताकपडा, धान १ मुरी गरी अनुमानित २५ हजार बराबरको क्षती भएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: