
पोखरा, २३ पुस । पोखरामा फोहोर उठाउने गाडीले संकलन गरेको फोहोरमा नवजात शिशुको शव फेला परेको छ । पोखराको बिरौटास्थित अन्नपूर्ण मार्ग र यज्ञशाला मार्गमा महानगरपालिकाको ग १ ख ८४७८ नं.को गाडीबाट आइतबार उठाइएको फोहोरमा शव फेला परेको हो ।
सोमबार बिहान सवा नौ बजे पोखरा महानगरपालिका १४ डम्पिङ साईडमा उक्त शव भेटिएको हो । फोहोरको प्रकार छुट्टाउने कर्मचारीहरुले तन्नाले बेरिएको अवस्थामा नवजात शिशुको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।
FILE PHOTO
कमेन्ट गर्नुहोस्
