ढुंगेसाँघु मेलामा महिलाको गलाबाट सिक्री तानेर भाग्न खोज्ने दुई पक्राउ

Share:

१ माघ,पोखरा । पोखराको ढुंगेसाँघु मेला हेर्न हेर्न आएका महिलाको गलाबाट सिक्री तानेर भाग्न खोज्ने दुई जनालाई रंगेहात पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा नम्बर २३ बस्ने १८ बर्षका निरज राय यादव र सोही जिल्लाको निचुटा बस्ने वर्ष १८ का विकास सिंह छन् ।

ढुंगेसाँघु मेलामा यसअघि पनि लुटपाट र चोरीका घटना भैरहेको अनुभव गरेको प्रहरीले यस्ता घटना हुन नदिन विशेष निगरानी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान भैरहेको र पक्राउ परेकालाई चोरी मुद्दामा कारबाही हुने वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवीन कार्कीले जानकारी दिए ।

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: