गृह जिल्ला पोखरामा पर्यटन मन्त्री अधिकारीलाई कालो झण्डा

508
0
Share:

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई गृहजिल्लामा कालो झण्डा देखाइएको छ। नयाँ शक्ति पार्टीका कार्यकर्ताले नेपाल वायुसेवा निगमको वाइडबडी प्रकरणलाई लिएर कालोझण्डा देखाएका हुन्। उनलाई कालो झण्डा देखाएको आरोपमा पोखराबाट ६ जना विद्यार्थी नेता पक्राउ परेका छन्।

पक्राउ पर्नेमा विद्यार्थी नेताहरु नेत्र चापागाईं,रेशम सापकोटा, विशाल तिम्सिना,नरेन्द्र बस्याल,कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट छन्। वाइडबडी जहाज खरिद सम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै सृजना चोकमा कालो झण्डा देखाउने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: