मनाङको चामेमा आखाँ शिविर: १९ जनाको निशुल्क मोतिबिन्दुको अप्रेसन

477
0
Share:

मनाङको चामेमा गत शुक्रबार र शनिबार आखाँ शिविर सम्पन्न भएको छ । तिलगंगा आखाँ प्रतिष्ठान केन्द्र काठमाडौ तिलगंगा आखाँ अस्पताल चामे मनाङ र जिल्ला स्वास्थ्य कार्यालय मनाङको आयोजनामा उक्त आखाँ शिविर सम्पन्न भएको हो ।

शुक्रबार र शनिबार मनाङको सदरमुकाम चामे स्थित सामुदायिक आखाँ केन्द्र मनाङको भवनमा शिविर गरिएको सामुदायिक आखाँ केन्द्र मनाङका नेत्र सहायक रितु श्रेष्ठले बताईन । उक्त दुई दिने आखाँ शिविरमा १५५ जना आखाँका बिरामीहरुले आखाँको चेकजाच गरेका थियो ।
जस मध्ये ६३ जना पुरुष र ९२ जना महिला आखाँका बिरामी रहेका थिए । शिविरको पहिलो दिन शुक्रबार ९२ जनाले आखाँको चेकजाच गरेका थिए भने दोस्रो दिन ६३ जनाले आखाँको चेकजाच गरेका थिए । शिविरमा १९ जनाको आखाँको मोतिबिन्दुको अप्रेशन गरिएको थियो । जसमा १३ जना पुरुष र ६ जना महिला रहेको नेत्र सहायक रितु श्रेष्ठले बताईन ।

कमेन्ट गर्नुहोस्
Share: