पर्वत प्रशासनमै स्वास्थ्य परामर्श सेवा शुरु

783
0
Share:

जिल्ला प्रसासन कार्यालय पर्वतमा स्वास्थ्य परामर्श सेवा पनि शुरु भएको छ । हरेक हप्ताको वुधवार जिल्ला प्रसासन कार्यालयमा स्वास्थ्य परामर्श सेवा सञ्चालन हुने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार देखी स्वाथ्य परामर्श सेवा शुरु गरीएको हो । जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई स्वास्थ्य परामर्श सेवा दिन लागिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

सेवा लिन आउने महिलालाई आफ्ना सन्तानलाई दुध चुसाउन सहज होस भनेर स्तनपान कक्ष पनि शुरू गर्न लागेको पनि प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

उनले जिल्ला प्रशासन कार्यालयलाई सेवामैत्री बनाउने क्रममा स्वास्थ्य परामर्श सेवा र स्तनपान कक्ष बनाउन थालिएको बताए । प्रशासन कार्यालयमा सामान्य स्वास्थ्य समस्याका लागि औषधी वितरण पनि शुरु गरिने भएको छ ।

सेवाग्राहीलाई दैनिक प्रशासनिक सेवा सहित स्वास्थ्य परामर्श दिँदा दुईवटा सेवा एकैपटक पाउने अवसर प्राप्त हुने हेल्थ असिस्टेन धनमाया पुनले बताइन ।

कमेन्ट गर्नुहोस्
Share: