पतञ्जली योग समिति, गण्डकीद्वारा खिचडी खाने कार्यक्रम

Share:

पोखरा, ५ माघ । पतञ्जली योग समिति नेपाल, गण्डकी प्रदेश समितिले शारीरिक, मानसिक र अध्यात्मिक स्वास्थ्यका लागि योग र शान्ति भनाईका साथ खिचडी खाने कार्यक्रम सम्पन्न गरेको छ ।

माघ महिना पारी आयोजित यस कार्यक्रमको संयोजन समिति, गण्डकीका संगठनमन्त्री लक्ष्मण पौडेलले गरेका थिए । केदारेश्वर महादवे मणि मन्दिर परिसरमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद मीना गुरुङले स्वस्थताका लागि योगको आवश्यकताका बारेमा बोलेकी थिईन् । उनले योगले सबैमा सकारात्मक उर्जा प्रदान गर्ने र जीव्नमा चौतर्फी सफलताका साथै सहिष्णु भावनाको विकास हुने बताईन् ।

पतञ्जली योग समिति गण्डकी प्रदेश प्रभारी दिपकराज सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश समिति महामन्त्री गणेश तिमिल्सिना, कास्की अध्यक्ष परमेश्वर दाहाल, समितिका केन्द्रिय सदस्य नरेन्द्र लालचन, विश्व हिनदु महासंघ कास्की अध्यक्ष शंकर खराल लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन समिति गण्डकी प्रदेश मन्त्री विश्वमणि तिवारीले गरेका थिए ।

कार्यक्रममा कास्की जिल्ला समिति, महिला समिति, महानगर समिति, विभिन्न जिल्ला स्थित समितिहरु, योग केन्द्रका नियमित योग शिक्षक, साधक, योग प्रेमी गरी चार सय बढीको सहभागिता रहेको योग शिक्षक रश्मी अधिकारी भण्डारीले जानकारी दिईन् । सो अवसरमा खिचडी भोजनका साथै योगमूलक मनोरञ्जनात्मक प्रस्तुति तथा खेलहरु पनि खेलिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: