प्राविधिक शिक्षाको विकल्पै छैन : मन्त्री नरदेवी पुन

Share:

बिग न्यूज
स्याङ्जा, ६ माघ । सामाजिक बिकास मन्त्री नरदेवी पुनले प्राविधिक शिक्षामा सबै वर्गको पहुँच पुग्न आवश्यक रहेको बताएकी छन् । स्याङजा विरुवा गाउपालिका वडा नम्बर २ मोचाबारी स्थित जामुनेडांडा माध्यामिक विद्यालयमा प्राविधिक शिक्षा वागवानी विज्ञान सन्चालनार्थ आयोजित महायज्ञलाई सम्बोधन गर्दै पुनले त्यसका लागि सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अत्यावश्यक रहेको बताईन् ।

उनले महायज्ञको क्रममा सम्बोधन गर्दै सामुदायिक स्तरबाट गाऊँमा प्राविधिक शिक्षालय खोल्न महायज्ञ गरेर रकम जुटाउनु गज्जबको सोँच भएको बताईन् ।

शिक्षामा अझैपनि समानता हुन नसकेको बताउदै समान शिक्षा नै अहिलेको आवश्यकता भएको उनले तर्क गरिन् । पहँुच नपुगेको ठाउँमामा प्राविधिक शिक्षा पुर्याउने सरकारी योजनालाई समुदायस्तरबाट सहयोग आवश्यक रहेको र स्यांजाबाट यसको शुरुवात भएको उनले बताईन् ।

गण्डकी प्रदेश सरकारले सामुदायिक बिद्यालयको स्तरोन्नतीका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाईन् ।

सो अवसरमा संविधानसभा सदस्य टेकु नेपालीले विद्यालयले चालेको हरेक कदमलाई आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाइन । त्यस्तै विरुवा गाउपालिकाका सदस्य तिलकुमारी रोकाले जामुनेडांडा माध्यामिक विद्यालयमा सञ्चालन हुने प्राविधिक शिक्षा वागवानी विज्ञानले विरुवा गाउपालिका क्षेत्रमा रहेका गरिब किसानका छोराछोरीलाई प्राविधिक शिक्षा अध्ययन गर्नमा टेवा पुग्ने भएकाले गाउपालिका संगै स्थानियले सहयोग गर्नुपर्ने बताइन ।

कमेन्ट गर्नुहोस्
Share: