
बिग न्यूज
पोखरा, ६ माघ । ‘प्रथम सृजना कप छात्र÷छात्रा भलिबल प्रतियोगिता’ नाम दिएर पोखरामा माध्यामिक तह अध्ययन गर्ने विद्यार्थीहरुबीच भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र, सिमलचौरको सँयुक्त आयोजनामा हुने प्रतियोगितामा ३४ समूह प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगितामा छात्रतर्फ २४ र छात्रातर्फ ९ टिमले प्रतिष्पर्धाका लागि नाम दर्ता गरेको आयोजक कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
दश जोड दुई सम्मका विद्यार्थीले खेल्न पाउने प्रतियोगिताको टाइसिट सोमबार निकालिने संघका अध्यक्ष भीम पराजुलीले बताए ।
माघ ९ गतेदेखी माघ १२ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ । यसअघि माघ ८ गतेदेखी नै शुरु हुने भनिएपनि प्राविधिक कारणवश माघ ९ गतेदेखी मात्रै प्रतियोगिता शुरु गरिने अध्यक्ष पराजुलीले जानकारी दिए ।
राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजित प्रतियोगिता पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा खेलाइने कास्की जिल्ला भलिवल संघले जनाएको छ । प्रतियोगिताले भलिवल खेलको जग बलियो बनाउने अपेक्षा गरिएको सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
प्रतियोगिताको उपाधि बिजेतालाई ५० हजार, उपबिजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
