
पोखरा, २९ असोज । बिग एफएमले महान पर्व बडादशँैको अवसर पारेर घटस्थापनाको दिनदेखि सुरु गरेको रेडियो गेम ‘महा आजिजा’ सकिएको छ ।
६ दिनसम्म सहभागीहरुले हजारौं रकम जितेका छन् । आज अन्तिम दिन कृष्ण अधिकारीले अधिकतम २० हजार जित्न सफल भए । यस्तै लिलावती सुनारले ५ हजार जितिन् । यसअघि चार जनाले जनही ५ हजार जितेका थिए । हिजो कपिल पोखरेल र अनुष्का पौडेलले ५–५ हजार जिते । सागर खत्री प्रकाश र रामकृष्ण सुवेदीले पनि जनही पाँच हजार जितेका थिए । नविना पोखरेलले २ हजार जितेकी छिन् ।
‘पैसाको खेल रेडियोमा’ भन्ने थिममा खेलाइएको यो रेडियो गेम शोमा प्रश्नको उत्तर मिलाउँदै गएको खण्डमा एकै जनाले २० हजार सम्म जित्न सक्ने व्यवस्था थियो । यसका लागि विभिन्न चरण पार गर्नुपर्ने थियो ।
‘महा आजिजा’ लाई यो पटक कालिगण्डकी अक्सिजन ग्याँस प्रालिले मुख्य प्रायोजन गरेको हो । रेडियोले नयाँ वर्षदेखि भ्यालेण्टाइन डे होस् वा तीज दशैं तिहार होस् । यस्ता इभेण्टमा बर्षौंदेखि निरन्तर रेडियो गेम शो आयोजना गर्दै आएको छ ।
