सुख्खा पहिरो खसेपछि थुनिएको कालीगण्डकी नदी खुल्यो

Share:

९ माघ,मुस्ताङ । बुधबार विहान सुख्खा पहिरो खसेपछि थुनिएको कालीगण्डकी नदी खुलेको छ । विहान घरपझोङको वडा नं १ र २ को सीमानामा पर्ने छैरोमा किनारको २/३ सय मिटर जमिन भासिएर नदी थुनिएको थियो । स्काभेटरले नदीमा थुप्रिएको माटो तथा रुख पन्छाएपछि पानीको बहाव नियमित अवस्थामा फर्किएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

भूकम्पले चिरा चिरा परेको पहाडमा सुख्खा पहिरो गएपछि माटो र रुख विरुवा झरेपछि नदी थुनिएको थियो । नदी थुनिएको ठाउँमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासिन्दाले पहिरो पन्छाउने काम गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: