पोखरा महानगर-५ को कार्यलयमा चोरी

Share:

१० माघ,पोखरा । पोखरा महानगरपालिका वडा नं ५ को कार्यलयमा बुधबार राती चोरी भएको छ । कार्यालयबाट चार थान कम्प्यूटर,एक थान ल्याप्टप र दुई थान सीपीयू चोरी भएको वडा सदस्य अन्जु क्षेत्रीले जानकारी दिएकी छन् ।

‘सिसि क्यामरामा रहेको फुटेज चेक गर्यौ । चोरी राती ११:१५ बजे आसपास भएको रहेछ,’उनले भनिन,”चोरको अनुहार देखिएको छ ।”फुटेजको आधारमा खोजी कार्य भईरहेको उनले बताएकी छन् ।

प्रतिकात्मक तस्बीर

कमेन्ट गर्नुहोस्
Share: