डा. केसीको पक्षमा चिकित्सक संघको रिले–अनशन

Share:

काठमाण्डौ, १३ माघ । डा. गोबिन्द केसीको जीवनरक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन गर्ने भएको छ । भोलीदेखि शुरु हुनेगरि रिले अनशन गर्ने जानकारी दिएको छ ।

आइतबार काठमाडौंका त्रिवि शिक्षण अस्पतालमा भएको चिकित्सकहरुको भेलाले केसीको माग पूरा गरी जीवन रक्षाको माग गर्दै रिले अनसन सुरु गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाका चिकित्सकहरुले त्रिवि शिक्षण अस्पतालमा नै रिले अनसन गर्ने चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए ।

काठमाडौं उपत्यकाबाहिरका डाक्टरहरुले भने आफू कार्यरत अस्पतालमा वा संघको शाखा कार्यालयमा रिले अनसन बस्ने भेलाले निर्णय गरेको छ । यसअघि चिकित्सक संघले सरकारलाई केसीको माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

आफूसँग १५ औं अनसनका क्रममा भएको सहमति हुबहु पालना गर्दै चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्नेलगायतका माग राखेर १८ दनिदेखि केसी १६ औं अनसनमा छन् ।

कमेन्ट गर्नुहोस्
Share: