पोखरामा सुशिल र सुभेच्छाको रोमान्स (भिडियोसहित)

Share:

बिग न्यूज
पोखरा, १३ माघ । यो शुक्रबारदेखि रिलिज हुने फिल्म रणवीरको रोमान्टिक गीत ‘मायामा’ सार्वजनिक भएको छ । युट्युबमार्फत विश्वव्यापी रिलिज भएको गीतको भिडियोमा फिल्मका मूख्य अभिनेता सुशिल सिटौला र सुभेच्छा खड्कालाई ‘फिचर’ गरिएको छ ।

पोखरा र आसपासका ठाऊँहरुमा यी दुईजनाको रोमान्स निकै गज्जबको देखिएको छट । माघ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रणवीर’ को यो रोमान्टिक गीतलाई हर्कुलस बस्नेतले लेखेका हुन् । गीतको संगीत पनि उनैले दिएका हुन् । गीतलाई गम्भीर विष्टले कोरियोग्राफ गरेका हुन् ।

सन् २०१२ कि मिस इन्टरनेशनल हुदै ग्लामर फिल्डमा इन्ट्री गरेकी सुभेच्छाले यस किसिमको गीतमा पहिलो पटक देखिएको बताइन । ‘मलाइ निकै खुशी लागेको छ र यस किसिमको रोमान्टिक गीतमा पहिलो पटक देखिएकी हँु ।’ सुभेच्छाले भनिन् ।

‘गीतले दर्शकलाई रोमान्टिक फिल दिन्छ ।’ फिल्मका अभिनेता सुशिल पनि फिल्मलाई लिएर निकै उत्साहित सुनिए । ‘यो गीत मैले नै गाएको जस्तो लाग्छ’ सुशील भन्छन् ‘गीतमा रणवीरको रोमान्टिक अवतार छ ।’

फिल्ममा सुशिल र सुवेक्षासँगै सुपुस्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ । लेखन तथा निर्देशक गोविन्द सिंह भण्डारीको रहेको फिल्मलाई फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापासँगै दिपेन्द्र रेग्मीले मिलेर बनाएका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: