‘क्याप्टेन’ ट्रेलर रिलिज, अनमोल फुटबल खेलाडी बन्दा यस्तो देखिए (भिडियो)

Share:

फागुनको १७ गते रिलिज हुने अनमोल केसी स्टारर ‘क्याप्टेन’को ट्रेलर रिलिज भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो।

३ मिनेट २१ सेकेण्ड लामो ट्रेलरमा फुटवल खेलाडीका रूपमा अनमोललाई आफ्नो फुटवल, प्रेम र पारिवारिक समस्यासँग उल्झेको देखाइएको छ।

फुटबल खेलाडीको उतारचढावको कथा भन्ने सिनेमालाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन्। भुवन केसीको होमप्रोडक्सन रहेको सिनेमामा अनमोलले उपासना सिहं ठकुरी तथा प्रियंका एमभी दुई नायिकासँग रोमान्स गरेका छन्।

सिनेमामा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एम भी लगायतको अभिनय रहेको छ

कमेन्ट गर्नुहोस्
Share: