
पोखरामा उडिरहेको प्याराग्लाईडिङभित्र चिल पसेपछि दुर्घटना भएको छ । सराङकोटबाट उडेको प्याराग्लाईडिङमा अचानक चिल पसेको प्रहरीले जनाएको छ । चिल पसेपछि प्याराग्लाईडिङ अनियन्त्रित भएको थियो ।
प्याराग्लाईडिङ चालक पोखरा – ६ जरेबर बस्ने २९ वर्षीय बिजय दाहाललाई सकुशल उद्धार गरिएको प्रदेश प्रहरीले जनाएको छ । अनियन्त्रित भएपछि प्यारासुट खोलेका दाहाल सराङ्कोटकै करीब २५ फिट अग्लो दमौराका रुखमा अड्किएका थिए । रुखमा अड्किएका दाहाललाई स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
सोलो टेण्डम फ्लाइट गर्ने क्रममा भएकाले पनि क्षति हुन पाएन ।
तस्विरः विजय दाहालको फेसबुकबाट।
कमेन्ट गर्नुहोस्
